पर्वत ।
जिल्लाको मोदी गाँउपालिकाले १५ दिने हाते ट्याक्टर (मिनि टेलर ) मर्मत तालिम सम्पन्न गरेको छ । युवाहरुलाई सीपयुक्त बनाई स्वरोजगार सिर्जना गर्ने उद्देश्यका साथ सो तालिम शुरु गरिएको थियो ।कृषि कामका लागि गाँउगाँउ पुर्याईएको हाते ट्याक्टर गाँउमा नै मर्मत गर्न सक्षम बनाउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको हो ।
तालिमले हाते ट्याक्टर चलाउन मात्रै नभई घर गाँउमा नै सामान्य मर्मत गर्न जान्दा मात्र पनि ठुलो रकमको बचत हुने र गाँउगाँउमा बिग्रिएर बसेका हाते ट्याक्टरहरु तालिम पश्चात प्रयोगमा आउने धारणा व्यक्त गरेका थिए । ।
तालिममा ८ वटै वडाका तीन दर्जन भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो ।
।