शिव सस्मितको हास्य व्यङ्ग निबन्ध सङ्ग्रह “कुरै कुराको खेती” विमोचन

पोखरा ।

साहित्यकार शिव सस्मितको हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह “कुरैकुराको खेती” एक कार्यक्रमका बीच शुक्रबार  विमोचन गरिएको छ ।

भैरव अर्याल स्मृति दिवसको अवसरमा विश्व नेपाली साहित्य महासङ्घ, गण्डकी प्रदेशले आयोजना गरेको कार्यक्रममा हास्यव्यङ्ग्य क्षेत्रमा क्रियाशील सिस्नुपानी नेपाल तथा फित्कौली अनलाइनका संस्थापक अध्यक्ष तथा प्रमुख अतिथि नरनाथ लुइँटेलले भर्चुअल मोडमा विमोचन गर्नु भएको हो।

प्रमुख अतिथि लुइँटेलले नेपाली हास्यव्यङ्ग्य क्षेत्र भैरव अर्यालपछि सुस्ताएर गएको अवस्थामा सस्मितको कुरैकुराको खेती बजारमा आएको बताउनु भयो ।

अनेसासका संस्थापक अध्यक्ष तथा विशिष्ट अतिथि होमनाथ सुवेदीले मोफसलको साहित्यलाई हेर्ने दृष्ट्रिकोणलाई लक्षित गदै भन्नु भयो, “हाम्रो साहित्यले अन्धराष्ट्रवाद मात्रै नलेखेर, साँघुरो पक्षलाई मात्रै नहेरेर हामी कुनाकाप्चामा भए पनि आकाश छुन सकिन्छ ।”

सर्जक र साहित्यको उच्च विचार हुनुपर्ने भन्दै प्रसिद्ध साहित्यकार सुवेदीले सस्मितलाई निकै सम्भावनायक्त साहित्यकारका रूपमा चित्रित गर्नु भयो ।

साहित्य क्षेत्रमा संस्मितको यो पाँचौं कृति हो । यस अघि उहाँका धूमिल आकाश उपन्यास, डायरीमा टाउकेहरु हास्य ब्यङ्ग्य लगायतका कृतिहरू प्रकाशित भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *