मोदी गाउँपालिकाकाे गाउँ सभाको सोह्रौ अधिवेशन सम्पन्न

पर्वत ।

जिल्लाको मोदी गाउँपालिकाको गाउँ सभाको सोह्रो अधिवेशन सोमवार सम्पन्न भएको छ ।अधिवेशनले विभिन्न विधेयक तथा ऐन पारित गरेको छ । गाउँसभामा पेश भएको वन विधेयक २०८१ पारित गरिएको हो । गाउँ सभाका सदस्य तथा वन वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक देवन्द्रबहादुर क्षेत्रीले सभामा पेश गर्नुभएको विधेयक सर्वसम्मत पास गरिएको हो । यसैगरी केहि मोदी गाउँपालिकाको ऐन संशोधन गर्ने ऐन २०८१ प्नि पारित भएको छ । विधायन समिति संयोजक भविलाल शर्माले सभामा उक्त ऐन पेश गर्नुभएको थियो ।

गाउँसभामा पेश भएको बिनीयोजन ऐन २०८१ संशोधन स्वीकृतिका लागि सभामा पेश भएकोमा बहुमतले पास गरेको छ । उक्त ऐन उपाध्यक्ष विमल लामिछानेले पेश गर्नुभएको थियो । यसैगरी न्यायकि समितिको प्रतिवेदन र महालेश परिषदको प्रतिवेदन पनि सभामा पेश भएकोमा सर्वसम्म पारित भएको छ । सभामा पारित भएका विधेयक तथा ऐन तथा प्रतिवेदन अध्यक्ष हिरादेवी शर्माले निणयार्थ पेश गर्नुभएको थियो ।

यसैगरी मोदी गाउगँपालिकाको भवन निर्माण सम्वन्धि कार्यविधि समेत पारित भएको छ | अहिलेसम्म भवन निर्माणसम्वन्धि कार्यबिधी नहुँदा पालिका भित्र घर बहाल कर, घरको नक्सा पास तथा घर बनाउन स्वीकृति दिने जस्ता कार्य हुन सकेका थिएनन् ।

यसै आर्थिक वर्षदेखि भवन निर्माण कार्यविधि लागु गरिने प्रमुख प्रशासकिय अधिकृत बाबुराम पुरीले जानकारी दिनुभयो ।यस अघि गाउँसभाको शुन्य समयमा सदस्यहरु लक्ष्मी विक, दिपेन्द्रजंग लामिछाने र बेलबहादुर कार्कीले समसामयिक विषयमा आफ्ना घारणा राख्नुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *