मोदी गाउँपालिकामा जेठ ८ गते सार्वजनिक सुनुवाई र नीति तथा कार्यक्रमका लागि राय सुझाव सङकलन गरीने

पर्वत ।

मोदी गाउँपालिकाले यही जेठ ८ गते सोमबार सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गर्ने भएको छ । गाउँ कार्यापालिकाको निर्णय अनुसार आगामी जेठ ८ गते गाउँपालिका भित्र नै सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गर्ने भएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत कमल गौतमका अनुसार मोदी गाउँपालिकाको वडा न ६ तिलाहार स्थित नबजागृत बहुमुखी क्याम्पसमा कार्यक्रमको आयोजना गरिएको छ । गाउँपालिकाले सवै वडाका बासिन्दालाई सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थितीका लागि अनुरोध गरेको छ ।

सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनका लागि गाउँपालिकाले अर्धबार्षिक वा बार्षिक रुपमा यस्ता कार्यक्रम अनिर्वाय गर्नुपर्ने कानूनी ब्यवस्था छ ।मोदी गाउँपालिकाले बार्षिक रुपमा प्रगति विवरण सार्वजनिक गर्ने र सेवाग्राहीका वीचमा दोहोरो अन्तरसम्बाद गर्ने गरी सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले जानकारी दिनुभयो ।

गाउँपालिका भित्रका सवै उपभोक्ता समिति तथा सेवाग्राही नागरिकहरुलाई कार्यक्रममा सहभागीताको लागि गाउँपालिकाले आब्हान गरेको छ । आ .व २०८०/८१ काे बजेट याेजना नीति तथा कार्यक्रमका लागि राय सुझाव सङकलन हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *