पर्वत ।
जिल्लाको मोदी गाउँ पालिका वडा नं ६ काे गाडतारा स्थित मोदी खोलामा सशस्त्र प्रहरी बल चण्डिका गणको आयोजनामा जिल्लाका सुरक्षा निकायहरुले शुक्रबार संयुक्त रुपमा विपद् पूर्व तयारी अभ्यास प्रदर्शन गरेका छन् ।
शसस्त्र प्रहरी सहित नेपाली सेना र नेपाल प्रहरीले उक्त संयुक्त अभ्यास प्रदर्शनी गरेका हुन् । प्रर्दशनीमा उनीहरुले जल उत्पन्न विपद्को पूर्वतयारी, डुवान भएपछि विपद् ग्रस्त वस्तिका स्थानीयहरुलाई सुरक्षित स्थलमा स्थानान्तरण, अग्लो स्थानबाट गरिने उद्धार र विधि, नदिमा हाम फालि बेपत्ता भएका व्यक्तिहरुको उद्धार कार्यका साथै भिर तथा खोचहरुमा खसेका घाईते एंव पीडितहरुको उद्धार लगायतको अभ्यास गरिएको थियो ।
त्यस्तै विपतबाट पीडित व्यक्तिहरुलाई एमएफ टिमद्धारा प्राथमिक उपचार गरि घाईतेहरुलाई एम्बुलेन्स मार्फत अस्पतालमा पठाउने अभ्यास गरिएको थियो ।
विपद्हरुको व्यवस्थापन र क्षतिको न्यूनिकरण गर्न उद्धारका लागि पूर्ण अभ्यास सहितको डेमो प्रर्दशनी गरेको शसस्त्र प्रहरी बल २५ नं. गणका गणपति अरविन्द्र कुमार श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्यले सवै विपद उद्धार टोलीलाई तैनाथ भएर रहन आग्रह गर्नुभयो । उहाँले मौसम प्रतिकुलता सँगै बर्षायाम शुरु भएको बताउँदै जुनसुकै अवस्थामा पनि तत्काल उद्धार गर्न पुग्ने गरी तयार रहन आग्र गर्नुभयो
।

