
मोदी गाउँपालिका स्तरीय खुल्ला तिज गित प्रत्योगिताको सम्पन्न भएको छ । महिलाहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर पर्वतको मोदी गाउँपालिकाले प्रत्योगिताका आयोजना गरेको हो । महिला माथि भएका हत्या र हिसां बिरुद्धका शब्दहरु ,देशमा भएको महगीं र सोजा जनता माथि लगाईएको कर,महिला सक्षमताका जन आवाजहरु प्रत्योगिता उठाईएको थियो । कार्यक्रममा मौलिक गितका भाकाहरु समेटीएको थियो । कार्यक्रममा सत्र समुहले भाग लिएका थिए । जस मध्य प्रथम, समाज सेवा आमा समुह मोदी २ पातिचौर, द्धितिय महिला जागरण आमा समूह मोदि–७ र तृतिय गुम्बा चित्रे सांस्कृतिक समुह मोदी ८ चित्रे भएका छन । प्रत्योगितामा प्रथम, द्धितिय र तृतिय बन्ने समूहले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार, प्रमाण पत्र प्राप्त गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका माननीय उपसभामुख सिर्जना शर्माले सबै महिलाहरु एकजुट भएर लाग्न र उधमशीलतामा अघि बढ्न आग्रह गनुभयो ।

कार्यक्रम संयोजक शोभा देवी शर्माले प्रतियोगितामा सबै वडाबाट आमा
समूह, महिला समूह, महिला उद्यमी समूह लगायतले सहभागिता जनाएको बताउनु भयो । मौलिकता हराउदै जान लागेको बेला महिलाहरुको बेदनाको पोका फुकाउने सानो पहल गाउपालिकाले हरितालिका तिजको अवसर पारेर गरेको महिला उधम प्रमुख सिता शर्माले बताउनुभयो । खुल्ला तिज गित प्रत्योगितामा बहुचर्चित कलाकार कृष्ण अखेली ,नविना सुबेदीको बेजोड प्रस्तुती रहेको थियो । मोदी गाउँपालिकाका अध्यक्ष हिरा देवी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष शर्माले महिला चुलो चौको नभनी आफ्नो हक अधिकारको बारेमा पनि अग्रसर हुन अनुरोध गदै पालिका स्तरीय खुल्ला तीज गित प्रतियोगितामा सबै वडाबाट सक्रिय रुपमा सहभागी हुनुभएका सम्पुर्ण दिदीबहिनीहरुलाई हार्दिक बधाइ तथा हरितालिका तिज २०७९को शुभकामना ब्यतm गर्नुभयो ।
