
मोदी,पर्वत
राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले मोदी गाँउपालिका वडा नं.२ देउपुर बेतेनी ,गौडा ,टापु सडक खण्डको अनुगमन गर्नुभएको छ । संविधान सभाका सदस्य कल्पना चापागाईको पहलमा बेतेनी ,गौडा ,टापु सडक खण्ड निर्माण भएको हो । सडक खण्ड छोटो दुरीमा जोड्ने र पर्यटन क्षेत्रमा पनि टेवा पु¥याउने लक्ष्य रहेको स्थानीयको भनाई रहेको छ । मध्य मोदी जलविधुत आयोजनाले पनि यस सडक खण्डको स्तरउन्नतीको लागी अहृम भुमिका खेलीरहेको छ ।

राजनीति यात्रा सँगसगै समाज सेवालाई पहिलो प्रथामिकतामा राखी हरेक विकास निर्माणमा सहकार्य गर्ने र मोदी गाँउपालिकाको उन्नयको लागि सधै तत्पर रहने संविधान सभाका सदस्य कल्पना चापागाईले बताउनुभयो । गाँउ विकासका लागि पहिलो प्रथामिकता भनेको बाटो भएकाले निर्माण तथा मर्मत आवश्यक हुने हुदा सक्दो पहल गरी बेतेनी– गौडा– टापु सडक खण्डको स्तरउन्नती गर्ने कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बताउनुभयो । मोदी गाँउपालिकालाई पर्यटन क्षेत्रमा नेपालकै उत्कृष्ट पदमार्ग सँग जोड्ने पहल भैरहेको तिमिल्सिनाले बताउनुभयो । कार्यक्रममा विशिष्ट व्यतिmहरुले पनि आफ्नो धारण व्यतm गर्नुभएको थियो ।