लाङ्दी आबिमा लायन्स क्लब अफ पोखरा शीतल चौतारीद्वारा स्टेशनरी तथा खेल सामाग्री वितरण

पर्वत ।

जिल्लाकाे माेदी गाउँ पालिका वडा नं ३ मा अबस्थित लाङदी आधारभूत विद्यालयमा विद्यार्थीहरूलाई बुधबार  स्टेशनरी तथा खेल  सामाग्री वितरण गरिएको छ । लायन्स क्लब अफ पोखरा शीतल चौतारीले आफ्नो निरन्तर कार्यक्रम अन्तर्गत विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई ती सामग्रीहरू वितरण गरेको हो ।

बि.सं २०१९ सालमा स्थापित पर्वत जिल्लाको दुर्गम स्थानमा रहेकाे सो बिध्यालयमा अधिकांश दलित एवं गरीब समुदायका बिध्यार्थी पढ्ने गर्दछन् ।

पहुँच हुने ठाउँमा भन्दा दुखी,गरीब अनि दलित र पिछडिएका बर्गलाई सहयाेग गर्ने क्लबकाे उदेश्य बमाेजिम बिध्यालय छनाैट गरि स्टेसनरी एवं खेलकुद सामाग्री बितरण गरिएको क्लबका संस्थापक अध्यक्ष प्रेम सुवेदीले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *