विद्यार्थीको खाजा कटौती, कक्षा ५ सम्मका विद्यार्थीलाई मात्रै खुवाइने

काठमाडौं ।

दिवा खाजा अब कक्षा ५ सम्मका विद्यार्थीलाई मात्रै खुवाईने भएको छ । अघिल्लो वर्ष कक्षा ६ सम्मका विद्यार्थीलाई खुवाउने गरिएको थियो ।

एक अर्ब बजेट अभाव भएकोले दिवा खाजा कटौती गर्नु परेको शिक्षा मन्त्रालय योजना महाशाखाका प्रमुख समेत रहेका सहसचिव डा. हरि प्रसाद लम्सालले बताउनु भयो ।

यसवर्ष ३२ लाख विद्यार्थीलाई मात्रै दिवा खाजाको व्यवस्था गर्न सकिने लम्सालको भनाई छ ।

सरकारले कर्णालीका विद्यार्थीलाई दैनिक २० रुपैंया र अन्यत्र एक दिनको १५ रुपैंया खाजा खर्च दिने गरेको छ । सांसदहरुले खाजा खर्च कटौती गरेको भन्दै बुधबार संसदमा आवाज उठाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *