आर्थिक वर्ष २०७९/८० मा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या अहिले सम्मकै उच्च

काठमाडौं ।

आर्थिक वर्ष २०७९/८० मा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या अहिले सम्मकै उच्च रहेको छ ।  यो आर्थिक वर्षमा सात लाख ७१ हजार ३ सय २७ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ६ लाख ३० हजार जनाले वैदेशिक रोजगारीमा जान सरकारसँग श्रम स्वीकृति लिएका थिए  ।

मलेसिया र खाडीका देश साउदी, कतार, यूएई, कुवेत बहराइन लगायतका देश जानेहरूको सङ्ख्या सबैभन्दा धेरै छ । यो सँगै गएको आर्थिक वर्षमा युरोपका देशमा रोजगारीका लागि जाने नेपालीको सङ्ख्या पनि उकालो लागेको छ । युरोपका देश क्रोएसिया, माल्टा, रोमानिया, पोर्चुगलजस्ता देशमा पनि श्रम स्वीकृति लिएर जानेहरूकाे संख्या बढेको हो ।

यसका अलावा भारत रोजगारीमा कति नेपाली छन् भन्ने तथ्याङ्क पनि सरकारसँग छैन । गएको आर्थिक वर्ष २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्म एक लाख १० हजार बढीले पढ्नका लागि विभिन्न देशमा जान ‘नो अब्जेक्सन लेटर’ लिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *