महेन्द्रनगर।
कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका १९ बागफाँटामा रहेको लक्ष्मी माध्यामिक विद्यालयले गणित पार्क निर्माण गरेको छ। विद्यार्थीको पढाईप्रति अभिरुची बृद्धि गर्नका लागि चौउरमै गणित पार्क निर्माण गरेको हो।
उक्त गणित पार्कमा गणितीय शैक्षिक सामाग्री राखिएका छन् । अधिकांश विद्यार्थी गणित विषयमा पनि कमजोर हुने भएकाले कक्षा कोठाभित्र मात्रै पठन पाठनले अपुग हुँदा पार्कमा अभ्याससहित दैनिक प्रत्यक्ष गणितिय शैक्षिक सामाग्रीको अवलोकनले थप सिकाइका अभिरुची बढ्ने भएकाले पार्क निर्माण गरिएको विद्यालयका प्रद्यानाध्यापक प्रमानन्द नाथले बताए।
‘गणित विषय हाम्रो दैनिक जिवनसंग प्रत्यक्ष जोडिएको छ, तैपनि विद्यार्थीले गणितमा कमै रुची राख्छन, ‘उनले भने, ‘पार्ककै माध्यामबाट समेत विद्यार्थीलाई शिक्षण सिकाइमा थप व्यवस्थापन गर्न हामीले पार्क निर्माण गरेका हौँ ।’ गणित विषयको प्रर्याप्त जानकारी भए अन्य सबै विषयमा समेत विद्यार्थीलाई सहज हुनेछ । विद्यालयमा आइसिटी सहितका शैक्षिक सामाग्री जडान गरिएको उनले बताए।
गणित पार्क निर्माण गरिएसँगै विद्यार्थीले समेत विगतको भन्दा फरक अनुभव व्यक्त गरेका छन् । उनीहरुले पार्कका माध्यममबाट सिकाइमा टेवा पुगेको बताएका छन् ।
प्रदेश सरकारले नमुना विद्यालयमा छनौट भएसँगै गुरु योजना बनाएर थप विद्यार्थीको आर्कषण केन्द्र बनाइने लक्ष्मी माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दशरथ भण्डारीले बताए। उनले भने, ‘हाम्रो विद्यालय नमुना विद्यालयमा छनौट भएसंगै हामीले सरोकारवालासँग छलफल गरेर थप स्तरीय बनाउने योजना अघि सारेका छौँ। अब थप स्तरिय शैक्षिक समाग्री सहित साच्चिकै नमुना विद्यालय बनाउने योजना छ भण्डारीले भने।
विद्यार्थी डटकम बाट साभार