विद्युतगृह खन्दै गरेको स्काभेटर पहिरोले पुरिँदा चालकको मृत्यु

बेनी ।

म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाम गाउँको फेदीमा बन्दै गरेको ४८ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत आयोजनाको विद्युतगृह खन्दै गरेको स्काभेटर पहिरोले पुरिँदा चालकको मृत्यु भएको छ ।

तुदी पावर कम्पनीद्धारा निर्माणाधिन अपर राहुघाट जलबिद्युत आयोजनाको विद्युतगृह खनिरहेको अवस्थामा सोमबार विहान भिरबाट खसेको सुख्खा पहिरोले चालक सहित स्काभेटर पुरिएको थियो ।पहिरोले स्काभेटर सहित पुरिएका रघुगंगा गाउँपालिका–२ का करिब २७ बर्षिय भिमबहादुर खत्रीको सबलाई बाहिर निकाल्ने काम भैरहेको घटनास्थलमा रहनुभएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक बिरेन्द्रराज गुरुङले जानकारी दिनुभयो ।

स्काभेटरले खनिरहेको ठाउँमा ठुलो आवाज सहित पहिरो खसेपछि अन्य स्काभेटका चालक, आयोजनाका कर्मचारी, मजदुर र स्थानीयबासीले उद्धारको प्रयास गरेका थिए । तर पहिरोले स्काभेटर संगै पुरिएपछि खत्रीको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

चिमखोलाबाट सुरुङमार्ग हुँदै ल्याइने पानीबाट विद्युत उत्पादनका लागि दग्नामको फेदीमा बग्ने रघुगंगा नदिको किनारमा पहाड समेत काटेर विद्युतगृह बनाउन लागिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *