काठमाण्डाै ।
सरकारले नीति तथा कार्यत्रम सार्व जनिक गर्दै संघीय शिक्षा ऐन संसद्को यहि अधिवेशनबाट पास गर्ने घोषणा गरेको छ । तर ऐनको मस्यौदा संसदमा दर्ता समेत भएको छैन । शिक्षक दरबन्दी पुनरावलोकन गर्ने विगतदेखिकै नीतिलाई यसपाली पनि दोहोर्याइएको छ ।
‘हाम्रो स्कुल, राम्रो स्कुल’ कार्यक्रम सञ्चालन गरिनेछ, स्थानीय तहबाट शिक्षक दरबन्दी व्यवस्था हुनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ । विद्यालयका ईसीडी शिक्षक र कर्मचारीको सेवा सुविधा सम्बोधन गरिने जनाइएको छ ।
सबै प्रकारका छात्रवृत्तिलाई एकद्वार प्रणालीमार्फत वितरण गर्ने, विपन्न लक्षित छात्रवृत्ति कार्यक्रमलाई थप विस्तार गरिने, दुर्गम, विपन्न, अपाङ्गता भएका विद्यार्थीको शिक्षामा बिशेष जोड दिने, विद्यालय तहको पाठ्यक्रम पुनरावलोकन गरिने , सामुदायिक विद्यालयको पूर्वाधार निर्माणमा जोड दिने , बालबालिकालाई विद्यालय ल्याउने, सिकाउने र टिकाउनेमा विशेष जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
सरकारले प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा स्मार्ट विद्यालय सञ्चालन गर्ने जनाएको छ । स्मार्ट विद्यालयमा प्रविधिको प्रयोग गरि पठनपाठन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।