सरकारी मापदण्ड मिचेर बनाइएका अवैध संरचना हटाउन मोदी गाउँ पालिका काे १५ दिने अल्टिमेटम , अटेर गरे

पर्वत ।

जिल्लाको मोदी गाउँ पालिकाले सरकारी जग्गामा मापदण्ड विपरित बनाइएका संरचना १५ दिन भित्र हटाउन आईतबार एक सूचना जारी गरेको छ ।

गाउँपालिका क्षेत्रका विभिन्न स्थानहरुमा सरकारी मापदण्ड मिचि अस्थायी एवं स्थायी संरचनाहरु निर्माण भएको भन्ने व्यापक जनगुनासो आएको थियो ।

गाउँ पालिकाद्धारा जारी सूचनामा कार्य पालिकाको श्रावण २६ गतेको निर्णय अनुसार सरकारी मापदण्ड विपरित निर्माण गरिएका संरचनाहरु सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र हटाउन अनुरोध गरिएको छ ।

सूचनालाई वेवास्ता गरी काम गरिरहेको देखिएमा वा अवैध संरचना नहटाएमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्रचलित नियमानुसार कारबाही हुने गाउँ पालिकाले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *