मकवानपुर ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेकाे घाेषणा गर्नुभएकाे छ ।
आज मङ्गलवार हेटाैँडामा पत्रकार सम्मेलन गरेर उहाँले राप्रपाबाट अलग भएकाे घाेषणा गर्नुभएकाे हाे ।
पार्टीमा सैद्धान्तिक विचलन आएको र गलत प्रवृत्तिलाई सुधार गरेर बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने चाहना भए पनि सुनुवाइ नभएकाले आफूले राप्रपा छाडेका उहाँले बताउनु भएको छ ।
मंसिरको अन्तिम साता भएको पार्टी महाधिवेशनमा अध्यक्षमा पराजित भएसँगै थापा असन्तुष्ट रहँदै आउनु भएको थियो । पूर्वअध्यक्षसमेत रहेका थापा नयाँ राजनीतिक दलको घोषणाको तयारीमा हुनुहुन्छ ।