काठमाण्डौ ।
निजी विद्यालयहरूले १८ भदौदेखि विद्यालय बन्दको घोषणा गरेका छन् । बिहीबार दोस्रो चरणका विरोधका कार्यक्रम घोषणा गर्दै निजी विद्यालयका सञ्चालकहरूले विद्यालय ठप्प पार्ने जनाएका हुन् । आन्दोलनको नेतृत्व निजी विद्यालयका छाता संगठन प्याब्सन, एन प्याब्सन, हिसाललगायतले गरिरहेका छन् ।
दोस्रो चरणको आन्दोलनअन्तर्गत निजी विद्यालयहरूले १२ भदौमा देशभरका जिल्ला सदरमुकाममा बृहत् खबरदारी सभा गरेका छन् । त्यस्तै, शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गर्ने घोषणा गरेका छन् । १४ र १५ भदौमा आन्दोलनको तयारी बैठक बस्ने, १६ भदौमा देशैभरका स्कुल बसहरूमा कालोझन्डा/ब्यानरसहित नगर परिक्रमा गराउने, १७ भदौमा आन्दोलनका लागि तयारी बैठक बस्ने, १८ भदौदेखि अनिश्चितकालका विद्यालय बन्द गर्ने कार्यक्रम तय गरिएको प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।