क्यानले कारबाही फिर्ता गरेसँगै सबै खेलाडी सहभागी हुने भए बन्द प्रशिक्षणमा

नेपाल क्रिकेट संघ (क्यान) कारबाहीमा परेका खेलाडीहरूबीच सहमति भएसँगै सोमबार सम्पूर्ण खेलाडी बन्द प्रशिक्षणमा सामेल हुने भएका छन्।  क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लका अनुसार अहिले बिहान १० बजे सुरु हुने बन्द प्रशिक्षणमा सबै खेलाडी सहभागी हुने भएका हुन्।  क्यान र कारबाहीमा परेका खेलाडीहरूबीच आइतबार सहमति भएको हो। जसअनुसार पूर्वकप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीविरुद्ध सेन्ट्रल कन्ट्रयाक्टमा लगाइएको ६ महिने प्रतिबन्ध पनि फुकुवा भएको छ।  यसअघि क्यानले अनुशासन उलंघन गरेको आरोपमा तत्कालीन कप्तान ज्ञानेन्द्र मल्लसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीविरुद्ध कारबाही गरेको थियो। अनुशासन उल्लंघन गरेको पाइएको भन्दै क्यानको बोर्ड बैठकले ज्ञानेन्द्र र दीपेन्द्रलाई कप्तान र उपकप्तान पदबाट हटाएको थियो। उनीहरूसँगै सोमपाल र कमललाई ६ महिनाको केन्द्रीय सम्झौतामा नराख्ने निर्णय गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *