पर्वत ।
पुष्पलाल मध्यपहाडी लोकमार्गको पोखरा बागलुङ सडक खण्ड अन्तर्गत कुश्मा नगरपालिका वडा नं. ८ चुवामा सोमबार स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सोमबार राती १० बजेको समयमा कुश्माबाट पोखरा तर्फ जाँदै गरेको ग २१ प ९५ नम्बरको स्कुटर सडक छेउमा लगाएको बारमा ठोक्किएर पर्वतको कुश्मा नगरपालिका वडा नं. १३ खौलालाँकुरी कुनादिका अन्दाजी ३२ बर्षका सागर कार्कीको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।
जिल्ला ट्राफिक कार्यालय पर्वतले दिएको जानकारी अनुसार स्थानीयले अचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले तत्काल उद्धार गरी पर्वत अस्पतालमा उपचारका लागि ल्याएको र उपचार हुन नसकेपछि प्रहरीकै साथमा पोखरा पठाएको हो । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराले अस्पतालमा पुर्याएपछि कार्कीलाई मृत घोषणा गरेको हो ।