झोलुङ्गे पुलबाट खस्दा एक युवाको मृत्यु

पर्वत ।

झोलुङ्गे पुलबाट खसेर बुधबार एक जनाको मृत्यु भएको छ । नेपालकै लामो मानिने बागलुङको बाङ्गेचौर र पर्वतको पाङ जोड्ने गरि कालीगण्डकी नदिमाथि निर्माण भएको झोलुङ्गे पुलबाट खस्दा बागलुङ नगरपालिका–४ रातमाटाका २२ वर्षीय शेरबहादुर थापाकाे मृत्यु भएको हो ।

बुधबार साँझ ५ः४५ बजे पुलबाट एक्कासी कालीगण्डकी नदि किनारमा खस्दा थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक दिपकबाबु केसीले जानकारी दिनुभयो । प्रहरीका अनुसार थापा पुलबाट १३८ मिटर तल कालीमा खसेका थिए ।

खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली कालीगण्डकी किनारमा पुग्दा थापाको मृत्यु भइ सकेको बाग्लुङ प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *