पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा विप्लवद्वारा बन्दसहित आन्दोलनको घोषणा

काठमाडौं । 

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा बन्दसहित आन्दोलनको घोषणा गरेको छ । सरकारले पेट्रोलियम तथा खाद्यवस्तु जस्ता अत्यावश्यक वस्तुमा मूल्यबृद्धि गरेको भन्दै नेपाल विप्लवले बन्दसहित आन्दोलनको घोषणा गरेको हो ।

बिहीबार विज्ञप्ति जारी गर्दै विप्लव समूहले कात्तिक, २५ गते दिउँसो ३ बजे देशव्यापी बिरोध प्रदर्शन, कात्तिक, २६ गते प्रचार÷प्रसार र साँझ मशाल जुलुस, कात्तिक, २७ गते देशव्यापी प्रदर्शन दिउँसो १ बजेदेखि २ बजेसम्म १ घण्टा, कात्तिक, २८ गते बिहान १० देखि ११ बजेसम्म १ घण्टा चक्का जाम, कात्तिक, २९ गते दिउँसो सिठ्ठी जुलुस, साँझ मसाल जुलुस र कात्तिक, ३० गते नेपाल बन्दसम्मका कार्यक्रमहरू घोषणा गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी जनसरोकारको यो अन्यायपूर्ण उत्पीडनलाई मुकदर्शक भएर हेरिरहन सक्दैन। तसर्थ सम्पूर्ण मूल्यबृद्धिका विरुद्ध सशक्त प्रतिरोध सङ्घर्षमा उत्रन पार्टीका सबै जनवर्गीय सङ्गठन र समस्त जनसमुदायमा हार्दिक अपिल गर्दछ। साथै जनभावनाको कदर गर्दै मूल्यवृद्धि तुरुन्त खारेज गर्न सरकारसँग पनि अपिल गर्दछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *