पाेखरा ।
प्रेस सेन्टर गण्डकी प्रदेशको अध्यक्षमा अर्जुन काफ्ले चयन भएका छन । प्रेस सेन्टर गण्डकी प्रदेशको शनिबार सम्पन्न दोस्रो अधिवेशनले काफ्लेको अध्यक्षमा ४१ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा घनश्याम पाण्डे, उपाध्यक्षमा राम थापा, समावेसी उपाध्यक्षमा कमला केसी, प्रमुख सचिवमा सन्तोष गौतम, कोषाध्यक्षमा विश्वराज सुवेदी चयन भएका छन ।
त्यसैगरी खुल्ला सचिवहरुमा सुनिल पाण्डे, सुवास अम्गाई, सविन जिसी, जनजाती सचिवमा विनु थापा परियार, लिलाधर कोइराला र आश कोम्चे तमु चयन भएका छन । चयन र महिला सदस्यमा सविता शर्मा र सरिता खत्री चयन भएका छन ।
खुला सदस्य तर्फ राजकुमार छत्कुली, सन्दिप खत्री, सागर भण्डारी, प्रनिश गिरी, राजकुमार ढकाल, लक्ष्मी पंगेनी, रामजी आचार्य, उत्तमबहादुर घर्ती, विमल आचार्य, मुरारी शर्मा दीपक आचार्य, सन्तोष दलित सदस्य तर्फ लक्ष्मी सुनार र खगेन्द्र विक, जनजाति सदस्यमा शर्मिला रोका चयन भएकी छन ।