माेदी,पर्वत ।
जिल्लाकाे मोदी गाउँपालिका वडा नं. २, देउपुर कँडेनमा रहेको चापागाई बन्धु समाजको उद्गम स्थलमा कुल मन्दिर, बराह मन्दिर र लक्ष्मी नारायण मन्दिरको उद्घाट्न तथा अन्य बिबिध कार्यक्रमहरू आगामी पुस १ गते देखि ४ गते सम्म हुने भएकाे छ ।
सगाेत्री समाजले दिएकाे जानकारी अनुसार पौष १ गते बिहान ११:०० बजे कलश यात्रा, दिनको १:०० बजे मन्दिरको समुद्घाटन पूर्वाङ्ग पूजा, भजन, कृतन बाजागाजा सहित परिक्रमा, पौष २ गते वास्तु पूजा, जलाशय स्नान र प्राण प्रतिष्ठा, पौष ३ गते भागवत पाठ, रूद्री, अग्नि स्थापना र पौष ४ गते कूलपूजा तथा समापन , सदस्यता तथा सम्मान पत्र वितरण गर्ने कार्यक्रम रहेकाे छ ।
देशै भरि छरिएर रहेका अत्रृअनुशैया दत्तात्रय चापागाई सगोत्रीहरूलाइ एउटै थलाेमा जम्मा गरी भाइचारा सम्बन्ध बढाउने र उद्गम स्थलकाे प्रचार प्रसार गरी यसकाे संरक्षण र सम्बर्दन गर्ने उद्धेश्यका साथ कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष परमानन्द चापागाईले बताउनु भयो ।
कार्यक्रमको सम्पूर्ण तयारी पूरा भैसकेको र सगोत्री बन्धुहरुलाई सहभागिताका लागि बिभिन्न संचारका माध्यमबाट आमन्त्रण गरिएको समाजका सचिब सूर्य प्रसाद चापागाईले जानकारी दिनुभयो ।
तीन बर्ष अगाडि स्थापना भएको समाजमा हालसम्म ३ सय भन्दा बढी आजीबन सदस्यहरु रहेका छन् । समाजले २५ लाख भन्दा बढीको लागतमा देउपुरको कडेनमा रहेको दुई रोपनी जग्गामा मन्दिर, सत्तल लगायतका भौतिक संरचनाहरुको निर्माण गरिसकेको छ ।
केही तस्बीरहरु




















