पर्वत ।
जिल्ला प्रशासन कार्यालय पर्वतले इजाजत प्रदान गरेका हतियार नजिकको प्रहरी इकाइमा बुझाउन पर्वत प्रशासनले अनुरोध गरेको छ ।
आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा भएको र उक्त निर्वाचनलाई लक्षित गर्दै इजाजत प्राप्त गरेका हातहतियार बुझाउन आग्रह गरिएको हो । जिल्ला प्रशासन कार्यालय पर्वतले चैत ७ गते एक सुचना जारी गर्दै चैत २५ गते सम्म हातहतियार बुझाउन आग्रह गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाले इजाजत प्राप्त हातहतियारहरु निर्वाचन सम्पन्न पश्चात् उहाँहरुलाई नै फिर्ता गर्ने गरी हातहतियार धनीहरुलाई नजिकको प्रहरी इकाईमा बुझाउन अनुरोध गरिएको बताउनुभयो । जिल्ला प्रशासन कार्यालयले हातहतियार खरखजाना ऐन, २०१९ को दफा ८ बमोजिम जिल्लामा विभिन्न व्यक्तिहरुसंँग रहेका इजाजतपत्र प्राप्त हातहतियारहरु आगामी चैत २५ गतेभित्र स्थानीय प्रहरी कार्यालयहरुमा अनिवार्य रुपमा बुझाउन आग्रह गरिएको र कार्यालयको आग्रहलाई अटेर गरी संवेदनशिल हातहतियार नबुझाएमा कानून बमोजिम कारवाहिको दायरामा ल्याईने थापाले बताउनुभयो ।
