मोदी, पर्वत ।
स्थानीय तहको निर्वाचनको घाोषणा सँगै जनप्रतिनिधिहरुको कार्यकाल सकिनै लाग्दा देशैभरी बिभिन्न भौतिक संरचनाहरुको उद्घाटनका कार्यक्रमहरुले तीब्रता पाउन थालेका छन् । आफ्नो कार्यकालमा निर्माण सम्पन्न भएका संरचनाहरुको उद्घाटन कार्यक्रमहरुमा राजनीतिक दलका नेताहरु एवं जनप्रतिनिधिहरु निकै व्यस्त देखिन थालेका हुन् ।
यसैबीच जिल्लाको मोदी गाउँ पालिका वडा नं ३ देउरालीमा नवनिर्मित तीन वटा सरकारी भवनहरुको आज एकै दिन आयोजित बिशेष कार्यक्रमहरुका बीच समुद्घाटन गरिएको छ ।
मोदी गाउँपालिकाको आयोजनामा वडा नं. ३ को वडा कार्यालय, देउराली स्वास्थ्य चौकी तथा हिमालय मा.वि पूर्णगाउँको नवनिर्मित भवनको समुद्घाटन समारोह राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यतामा भएको हो ।
सो अवसरमा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सीनाले देउराली स्वास्थ्य चौकीको उद्घाटन गर्नु भएको थियो भने हिमालय मा.वि पूर्णगाउँको नवनिर्मित भवनको उद्घाटन प्रतिनिधि सभाका सांसद पदम गिरीले गर्नु भएको थियो । त्यसै गरी वडा नं. ३ को वडा कार्यालय भवनको उद्घाटन मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलले गर्नु भएको थियो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य पदम गिरी, पर्वतका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा, बिभिन्न राजनैतिक दलका स्थानीय प्रमुख एवं प्रतिनिधिहरु, जनप्रतिनिधिहरुले मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रममा स्थानीय मगर समुदाय र बिद्यार्थीहरुले विविध संस्कृतिक कार्यक्रम प्रदर्शन गरेका थिए । सोही अबसरमा भवन निर्माण लगायत वडाको विकासमा उल्लेखनीय योगदान पुर्याउने बिभिन्न संघ सस्था,उद्यमी, कर्मचारी,शिक्षक तथा बिद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रमका केही झलकहरु





























