योग विभिन्न किसिमका हुन्छन् । योगका विधी, त्यसको फाइदा पनि फरक फरक हुन्छ । बालबालिका एवं किशोरकिशोरीले विशेष किसिमका योग अभ्यास गर्न सक्छन् । खासगरी उनीहरु गर्ने योगबाट बौद्धिक क्षमता बढाउने एवं मानसिक स्वस्वस्थ्य राम्रो बनाउने काइदा सिक्न सकिन्छ ।
खासमा योग गर्ने उमेर भनेकै बाल्यकालमा हो । बाल्यकालमा एवं किशोरवयमा शरीर लचिलो हुन्छ । कुनै जटिल रोग लागेको हुँदैन । दीर्घ रोगले समातेको हुँदैन । यो उमेरमा हामीसँग अथाह उर्जा हुन्छ । त्यसैले यतिबेला हामी जस्तोसुकै योगअभ्यास पनि गर्न सक्छौं । जटिल भनिने योगहरुमा पनि आफुलाई निपूर्ण बनाउन सक्छौ ।