काठमाडौं ।
भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् ।नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गरेको प्रकरणमा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानका क्रममा रिजाललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।