ढोरपाटनका मेयर नेपाली सम्पर्क विहिन

पर्वत ।

बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष समेत रहेका नेपाली सम्पर्कविहीन भएका हुन् ।

अध्यक्ष नेपालीले सहकारी संस्थाको रकम हिनामिना गरेको सेयर सदस्यहरुको आरोप छ ।

चार दिन पहिले आफूलाई आर्थिक कारणले मानसिक तनाब भएको भन्दै मेयर नेपाली बिदामा बसेको नगरपालिकाले  जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *