बेनीकाे सिंगामा शीतभण्डार बन्दै

म्याग्दी ।

जिल्लाकाे बेनी नगरपालिकाले कोल्ड स्टोर निर्माणको काम थालेको छ । नगरपालिकाले फलफुल तथा तरकारी सञ्चय गरेर बेमौसमी तबरले बिक्री गर्न सहज होस् भन्ने उद्देश्यसाथ कोल्ड स्टोर निर्माण थालेको हो ।

कोल्ड स्टोर निर्माण गर्न नगरपालिकाले आर्थिक वर्ष २०७९–८० मा एक करोड ९० लाख रुपियाँ बजेट बिनियोजन गरेको थियो । बेनी नगरपालिका–४ सिंगाको राजिकुलोमा जग्गा व्यवस्थापन गरेर पर्खाल निर्माणको काम सुरु गरेको बेनी नगरपालिका–४ का वडा अध्यक्ष अणबहादुर खड्काले बताउनुभयो ।

३०० मेट्रिक्टन क्षमताको कोल्ड स्टोर तापक्रमलाई सन्तुलित बनाइ राख्ने उपकरण र संरचनासहित निर्माण हुन लागेको उहाँको भनाइ छ । कृषिउपज संकलन, भण्डारण र व्यवस्थापनका लागि शीतभण्डार निर्माण गर्न लागिएको अध्यक्ष खड्काले बताउनुभयो ।

बेनी नगरपालिकाको वडा ३ को भकिम्लिको राखु, मरेक तथा वडा नं. ४ को बास्कुना एवम् थामाडाँडा क्षेत्र सुन्तलाको पकेट क्षेत्र हुन् । गत वर्ष उक्त क्षेत्रमा उत्पादन भएको तीन सय ४० मेट्रिक टन सुन्तला बिक्री भएको बेनी नगरपालिकाको कृषि शाखा प्रमुख आकृति ढुङ्गानाले बताउनुभयो । ‘बेनी नगरपालिकाको ३ र ४ नम्बर वडाको मरेक, राखु र बास्कुनालगायतका क्षेत्रमा सुन्तला उत्पादन हुने भएकाले त्यही क्षेत्रमा कोल्डस्टोर निर्माण गर्न लागिएको हो’ उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *