काठमाडौँ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आज कोशी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको भइरहेको छ ।
आज दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राति कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूका साथै मधेस प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागका एक/दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।