पोखरामा नेपाल-चीन मैत्रीपूर्ण ‘ड्रागन बोट रेस फेस्टिभल’ हुने

पोखरा ।

पोखरामा नेपाल-चीन मैत्रीपूर्ण ‘ड्रागन बोट रेस फेस्टिभल’ हुने भएको छ। नेपाल पर्यटन बोर्ड, नेपालका लागि चिनियाँ दूतावास र पोखरा महानगरको संयुक्त आयोजनामा डुंगा दौड प्रतियोगिता हुने भएको हो।प्रतियोगिता असार ८ र ९ गते फेवातालमा हुनेछ।

२०० मिटर र ५०० मिटर गरी दुई विधामा हुने प्रतियोगितामा नेपाल, चीन र सिंगापुरका गरी ८ समूहले सहभागिता जनाउनेछन्। साथै सांस्कृतिक प्रस्तुति र परिकार प्रदर्शनी पनि हुने छन्  । फेस्टिबलमा चिनियाँ पर्यटकलाई चार्टर विमानमार्फत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याउने तयारी  छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *