महभिरमा अबरुद्ध भएको मध्यपहाडी राजमार्ग खुल्याे

माेदी, पर्वत ।
मध्यपहाडी राजमार्गको पोखरा–पर्वत खण्डकाे मोदी गाउँपालिका–६ स्थित महभिरमा सडक माथिबाट ढुङ्गा खसेर अबरुद्ध भएको  सडक सुचारु भएको छ । गए रातिदेखि परेको भारी वर्षाका कारण बिहानपख भिरबाट सडकमा ढुङ्गा खसेर सडक पुरिएको थियो । सडक अबरुद्ध भएपछि सवारी साधनहरु बेतेनी र डिमुवामा रोकिएका थिए ।
तत्काल सुरक्षाकर्मी परिचालन गरी पहिरो हटाएर सवारी साधन संचालनमा आएको  देउपुर प्रहरी चौकी डिमुवाका इन्चार्ज तोरणधवज पौडेलले जानकारी दिनु भयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *