इजरायलमा ज्यान गुमाएका नेपालीको सम्झनामा भोलि राष्ट्रिय शोक, परिवारलाई १० लाख दिने मन्त्री परिषदको निर्णय

काठमाडौं ।

इजरायलमा मृत्यु भएका नेपालीको शोकमा सरकारले मङ्गलवार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को विशेष बैठकले उक्त निर्णय गरेको हो ।

त्यस्तै, हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०-१० लाख राहत दिने निर्णय पनि गरिएको छ ।

बैठकले त्यहाँ रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउने निर्णय पनि गरेको छ ।

इजरायलमा नेपालबाट इन्टर्नमा गएकामध्ये १० विद्यार्थीको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *