अविरल बर्षा सँगै आएको पहिरोले विद्यालयमा क्षति, देउपुर स्वास्थ्य चौकी उच्च जोखिममा

पर्वत ।

जिल्लाको मोदी गाउँ पालिका वडा नं २ देउपुर गैराथोकमा नव निर्मित चारकोठे विद्यालय भवन पहिरोले क्षति ग्रस्त भएको छ । प्रभावकारी आधारभूत विद्यालय भन्दा माथिबाट आएको पहिरोले विद्यालयका दुई ओटा कोठा पुरिएका छन् । विद्यालय भवनको तल तिरको भाग समेत चर्किएको छ ।

अविरल वर्षाले देउपुर स्वास्थ्य चौकी अगाडी ठूलो पहिरो गएको छ । सो पहिरोले स्वास्थ्य चौकीको नयाँ भवन जोखिममा परेको छ । उक्त  पहिरोले देउपुर ठूलिपोखरी सडक अवरुद्ध भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *