फलेबासमा संचालित राष्ट्रपति रनिङ्ग शिल्डकाे उपाधि थापाठानालाई

पर्वत ।

फलेबास नगरपालिका द्वारा संचालित चौंथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० मा ११ स्वर्ण पदक  सहित थापाठाना मा.वि. प्रथम भएको छ ।

त्यस्तै १० स्वर्ण पदक  सहित  साविक विजेता भवानी विद्यापीठ मा.विले  द्वितीय स्थानमा चित्त बुझाएको छ भने ७ स्वर्ण पदक  सहित जनता मा.वि.तृतीय  हुन सफल भएको छ।

लगातार तिन पटक प्रथम विजेता  भएर भवानी विद्यापीठ मा.वि. खानी गाउँले अघिल्लो वर्ष शिल्ड आफनो वनाईसकोको छ । यस पटक भने सो विद्यालयलाई थापाठाना माविले १ स्वर्ण ले उछिनेको छ ।

जिल्लाका अन्य सबै स्थानीय तहहरुले सो प्रतियोगिता यस अघि नै सम्पन्न गरी सकेका छन् भने जिल्ला स्तरीय प्रतियोगिता समेत पुस १४ बाटै शुरू भै सकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *