पर्वत ।
आर्थिक रूपमा विपन्न ,एकल महिला,अपाङ्गता भएका महिला द्वन्द्व पिडीत परिवारलाई आय आर्जनमा टेवा पुर्याउन मोदी गाँउपालिकाले निःशुल्क बाख्रा वितरण गरेको छ । पालिका भित्र बसोवास गर्ने ४८ जना आर्थिक रूपमा विपन्न ,एकल महिला,अपाङ्गता भएका महिला द्वन्द्व पिडीत परिवारलाई बाख्रा वितरण गरिएको हो ।
मोदी गाउपालिकाका अध्यक्ष हिरा देवी शर्माका अनुसार विपन्न अवस्थाका दलित परिवारलाई एक एक वटाका दरले बाख्रा वितरण गरेका छौं’, उहाले भन्नुभयो यसबाट महिलाहरुलाई आय आर्जनमा टेवा पुग्छ । वितरण गरिएका बाख्राबाट जन्मिएको पाठापाठी वडा कार्यालयले खरिद गर्नेछ । ती बाख्राका पाठापाठीहरू अर्का विपन्न परिवारलाई वितरण गर्छौँ ।’यो प्रकृया निरन्तर चलाईने उहाले बताउनुभयो।
सो कार्यक्रममा बोल्दै मोदी गाँउपालिकाका उपाध्यक्ष विमल लामिछानेले बाख्रापालनमा निर्वाहमुखीभन्दा व्यावसायिक बन्नुपर्ने बताउनुभयो । आर्थिकरुपमा आत्मनिर्भर बनाउने उद्देश्यले एकल महिला तथा विपन्न परिवारलाई बाख्रा वितरण गरिएको र बाख्रा पालनबाट आयआर्जनमा टेवा पुग्ने अपेक्षा गरिएको उपाध्यक्ष लामिछानेले बताउनु भयो ।