काठमाडौँ ।
२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शुक्रबार नतिजा प्रकाशित गरेको हो ।
गत २०८१ सालको चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसइईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।
एसईई परीक्षको नतिजा
३.६ देखि ४ जीपीए ल्याउने ४८ हजार १७७
३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५
२.८ देखि ३.२ जीपीए ल्याउने ८९ हजार १२४
२.४ देखि २.८ जीपीए लयाउने ४८ हजार ४७९
२ देखि २.४ जीपीए ल्याउने ४ हजार १२६
१.६ देखि २ जीपीए ल्याउने ८ जना
१२६ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ
अवगर्गीकृत परीक्षार्थीको संख्या-१ लाख ६७ हजार ५९
यसरी हेर्नुहोस् ।
