आजबाट देशै भरिका शिक्षकहरू सडकमा उत्रिदै

काठमाण्डौ ।

आजबाट देशैभरिका शिक्षकहरू राजधानी केन्द्रित सडक प्रदर्शनमा उत्रिन लागेका छन् । विगतका सबै सहमति समेटी  विद्यालय शिक्षा ऐन ल्याउनुपर्ने मुख्य मागसहित देशभरका सामुदायिक विद्यालयका शिक्षक बुधबारदेखि काठमाडौंकेन्द्रित आन्दोलनमा उत्रिँदै लागेका हुन् । शिक्षकहरू काठमाडौंमा भेला भएर दिउँसो १ बजेदेखि माइतीघर क्षेत्रमा आन्दोलन थाल्ने तयारीमा छन् ।

नेपाल शिक्षक महासंघले मंगलबार पत्रकार सम्मेलन गर्दै आन्दोलन अनिश्चितकालीन रहने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । महासंघको नेतृत्वमा हुन लागेको आन्दोलनमा आबद्ध र सम्बद्द संघ–संगठन लगायतका सम्पूर्ण शिक्षक , कर्मचारीहरु आन्दोलनमा सहभागी हुनेछन् ।

पालिका, जिल्ला र प्रदेश तहमा समेत आन्दोलन हुने र मुख्य आन्दोलन काठमाडौंकेन्द्रित रहेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए । यसअघि शिक्षकहरूले २४ फागुनमा माइतीघर क्षेत्रमा जुलुस र धर्ना दिएका थिए । त्यसबाहेक उनीहरूले विभिन्न पार्टी कार्यालयमा समेत धर्ना दिइसकेका छन् ।

विद्यालय शिक्षा ऐन जारी नभए सम्म आन्दोलन चलिरहने महासंघ अध्यक्ष लक्ष्मी किशोर सुवेदीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *