अविरल वर्षाले मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध, नयाँ पुलमा रेस्टुरेन्ट पुरियो

पर्वत ।

हिजो देखिको अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो जाँदा पुष्पलाल मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. १ सहस्रधारामा भिरवाट खसेको ठुलो पहिरोले रातीदेखिनै सडक अवरुद्ध बनेको हो । सहस्रधारामा दुई ठाउँमा पहिरो खसेको र उक्त पहिरो पन्छाउन तीन/चार घण्टा समय लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

प्रहरीका अनुसार कुश्मा नगरपालिकाकै तमादीखोला, चुवा र दोविल्लामा पनि सडक अवरुद्ध भएको छ । चुवामा मंगलवार रातीनै सडक भासिएर अबरुद्ध भएकोमा बुधवार दिउँसो मर्मतपछि पुनः संचालनमा आएको भएपनि फेरी गएरातीको वर्षाले अवरुद्ध भएको र खुलाउने प्रयास जारी रहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख सिताराम ओझाले जानकारी दिनु भयो ।

प्रहरीका अनुसार कुश्मा नगरपालिकाकै तमादीखोला, चुवा र दोविल्लामा पनि सडक अवरुद्ध भएको छ । चुवामा मंगलवार रातीनै सडक भासिएर अबरुद्ध भएकोमा बुधवार दिउँसो मर्मतपछि पुनः संचालनमा आएको भएपनि फेरी गएरातीको वर्षाले अवरुद्ध भएको र खुलाउने प्रयास जारी रहेको छ ।

त्यस्तै ओढोरे, भ्याप्ले लगायतका ठाउँमा पनि सडकमा आएको लेदो र गेगरले सडक अवरुद्ध पारेको छ । रातीदेखिनै सडक अवरुद्ध भएपछि लामो तथा छोटो दुरीका सवारी साधनका यात्रुहरु अलपत्र परेका छन् ।

पहिरोले नयापुलमा रहेको कालीगण्डकी रिभर रेष्टुरेन्ट पुरिएको छ । कालीगण्डकी किनारमा रहेको उक्त रेष्टुरेन्ट पुरिएको हो । खुर्कोट क्षेत्रबाट आएको ठुलो भेलसंगै आएको लेदोले अहिले रेष्टुरेन्ट वरपरको क्षेत्र पुरिएको छ । अहिले पनि रेष्टुरेन्टमा लेदो आउनेक्रम जारी रहेको छ । होम पुनले सञ्चालन गरेको रेष्टुरेन्टले कालीगण्डकी नदीमा ¥याफ्टिङसमेत गराउँदै आएको छ । रेष्टुरेन्टमा भएका कोठा, टवाइलेट, काउन्टर, किचन पुरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *