अर्गानिक व्यवसायीक कृषि सहजकर्ता तालिम शुरु

पर्वत ।

रिटर्नी एग्रो टुरिजम प्रालिको आयोजनामा अर्गानिक व्यवसायीक कृषि सहजकर्ता तालिमको शुभारम्भ भएको छ ।

प्रवासबाट फर्किएर स्वदेशमै केही गर्न सकिन्छ भन्ने सोचका साथमा रिटर्नी फेडरेशन नेपालमा आवद्ध कृषकहरुको सकृयतामा स्थापित संस्थाद्वारा उक्त तालिमको आयोजना गरिएको हो ।

गण्डकी प्रदेश सभाका माननीय सांसद भक्त कुँवरको प्रमुख आतिथ्यतामा सञ्चालित तालिम उद्घाटन समारोहमा बोल्दै उहाँले प्रवासमा लामो समय रहेर पनि स्वदेशमै कृषि क्षेत्रमा केही गर्न सकिन्छ भन्ने आशाका साथ अर्गानिक एग्रो टुरिजम स्थापना गरेर रचनात्मक र व्यवसायीक कामको थालनी गरेकोमा आफू उत्साहित भएको बताउनुभयो । बढ्दो युवा पलायन रोक्न र कृषि क्षेत्रमा देखिएको विषादीजन्य बिकृतीबाट मानव स्वास्थ्यमा पर्ने असर कम गर्न अब यस प्रकारको जागरण आवश्यक भएको भन्दै निर्वाहमुखि नभएर अब उत्पादन र उत्पादकत्व वृद्धि गर्ने माध्यमहरुको खोजी गर्न आवश्यक भएको उहाले बताउनुभयो ।

कुञ्जना एग्रो फर्टिलाईजर प्रोडक्टको सहकार्यमा ३ दिन सम्म सञ्चालन हुने तालिममा जिल्लाका विभिन्न स्थानबाट आएका कृषक तथा युवाहरुको सहभागीता रहेको छ । मोदी गाउँपालिकाको सभाहलमा सञ्चालन हुने तालिममा कुञ्जना एग्रो फर्टिलाईजर प्रोडक्टद्वारा उत्पादित विभिन्न प्रोडक्टको प्रभावकारीता र उपयोग विधीका विषयमा समेत विषय विज्ञहरुले सहजिकरण गर्ने कार्यक्रम रहेको बताइएको छ । एग्रो टुरिजमका अध्यक्ष पुर्ण वस्यालको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहको सञ्चालन सचिव दुर्गादत्त पौडेलले गर्नुभएको थियो ।

नेकपा (एमाले) को पार्टी सदस्यता प्राप्त गरेका कार्यकर्ताहरुको जनसंगठन रिटर्नी फेडेरेशन नेपालको विभिन्न संगठनहरुमा आवद्ध ब्यवसायीक सोच भएका युवाहरुको सकृयतामा एग्रो टुरिजम स्थापना गरिएको अध्यक्ष पुर्ण बस्यालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *