कास्कीमा पहिरोले घर पुरिँदा दुई बालबालिकाको मृत्यु

कास्की।

कास्कीमा भीषण वर्षाका कारण खसेको पहिरोमा परी १३ वर्षकी बालिका र ३ वर्षका बालकको मृत्यु भएको छ।

कास्कीको मादी गाउँपालिका वडा नम्बर ५ चितेपानी घुम्तीमा रहेको प्रकाश रानाभाटको टिन र ब्लकले बनेको तीनकोठे घरमाथि माटोको ढिस्को खस्दा पुरिएर १३ वर्षीया आयुश्मा रानाभाटको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ।

राति पौने २ बजेतिर घर पछाडिको ढिस्को खस्दा घरमा ७० वर्षीया हजुरआमा लालमाया बञ्जारी पनि थिइन्। तर उनको स्थानीयले सकुशल उद्धार गरेका छन्। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

यस्तै कास्कीकै पोखरा महानगरपालिका(२७,आरुपाटामा पनि पहिरो खस्दा घरभित्र सुतिरहेका ३ वर्षीय बालकको मृत्यु भएको छ भने उनकी आमा घाइते भएका छन्।

कास्की प्रहरीका अनुसार स्थानीय हरि सुनारको ढुंगा र माटोले बनेको घरमाथि पहिरो खस्दा उनका छोरा ३ वर्षीय हरि सुनारको मृत्यु भएको हो भने श्रीमती २७ वर्षीया रितु सुनार घाइते भएकी हुन्। घाइतेको अवस्था गम्भीर रहेको र हाल गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *