नेपालको सामुदायिक होमस्टे टाइम म्यागेजिनको उत्कृष्ट गन्तव्य सूचीमा

काठमाडौं ।

विश्वप्रसिद्ध  टाइम म्यागेजिनले नेपालको सामुदायिक होमस्टेलाई सन् २०२५ का लागि उत्कृष्ट गन्तव्यको सूचीमा राखेको छ । टाइम म्यागेजिनको मूल्यांकन अनुसार नेपालको सामुदायिक होमस्टेले स्थानीय समुदायसँग पर्यटकलाई जोड्नुका साथै सांस्कृतिक सम्पदा संरक्षणमा पनि योगदान पुर्‍याएको छ ।

नेपालको सामुदायिक होमस्टे सन् २०१२ देखि पनौतीबाट सुरु भएको थियो । पनौतीमा बस्ने एकल महिला मिना कोइरालाले यसको सुरुवात गरेकी थिइन् । हाल यो १८ समुदायमा फैलिएको छ र यस मातहत २०० भन्दा बढी होमस्टेहरू सञ्चालित छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *