मोदी गाँउपालिकाको बजेट ५८ करोड ३८ लाख ; गाउँ सभाद्वारा सर्वसम्मतले पारित

पर्बत।

मोदी गाउँपालिका गाउँ सभाको १५ औ अधिवेशनको दोस्रो बैठक मङगलबार सम्पन्न भएको छ।असार १० गते गाउँ सभामा पेश भएको आ.व २०८१/८२को बार्षिक दोस्रो बैठकले पारित गरेको हो । आगामी बर्षको लागी ५८ करोड ३८ लाख २४ हजार ३ सय ९९रुपयाँको बजेट पारित भएको छ । साथै आर्थिक ऎन २०८१,बिनियोजन ऎन २०८१, खानेपानी सरसफाई ऐन र सार्वजनिक निजि साझेदारी ऐन गाउँ सभा बाट सर्वसम्मत रूपमा पारित भएको छ ।

मोदी गाँउपालिका अध्यक्ष हिरादेवी शर्माले सिमित श्रोत साधनबाट सबै आवश्यकता पुरा गर्न र बिकाशको लक्ष्य भेट्टाउन कठिन रहेको भन्दै उपलब्ध श्रोत साधनको अधिकतम् सदुपयोग गर्न गाउसभाका सदस्यहरुलाई अनुरोध गर्नुभयो । गाँउपालिका उपाध्यक्ष विमल लामिछानेले बजेटमा सकेसम्म स्थानिय आवश्यक्ता समेट्ने कोशिस गरिएको बताउनुभयो साथै बजेट निर्माणमा गाँउको बिकास र जनताको हितलाइ अधिकतम् ध्यान दिइएको उल्लेख गर्नुभयो ।

सभामा पेश भई पारित भएको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन,उधम,पुर्वाधार निर्माण लगायतका कामलाई प्राथमिकतामा राखिएको छ। गाँउ सभाका सदस्यहरु दिपेन्द्र लामिछाने,सन्तोषी बिक,रमेश खत्री र बम बहादुर कुवरले सभाको दोस्रो बैठकमा पालिकामा घटेका समसामयिक बिषय बस्तुहरु समेटी शुन्य समयमा सभाको ध्यानआकर्षण गराएका थिए  ।मोदी गाँउपालिका अध्यक्ष हिरा देवी शर्माले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम पहिलो बैठकले नै पारित गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *