पर्वत ।
जिल्लाको जलजला गाउँ पालिका मल्लाजमा चलिरहेको अन्तराष्ट्रिय पर्वत समाजकाे चौथो महाधिबेसनको अवसरमा पैंयू गाउँ पालिका वडा नं ५ का वडाध्यक्ष निर्भिकनारायण भुर्तेल सम्मानित हुनुभएको छ ।
पूर्व सञ्चारकर्मी एबम् युवा नेता भुर्तेललाई समाजको चौथो महाधिवेशनमा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले सम्मानित गर्नुभएको हो ।
पैयुँ गाउँपालिकामा सञ्चालित कार्यक्रमहरुलाई पूर्ण रुपमा कार्यान्वयन गराउनुका साथै आवास निर्माणमा समन्वयकारी भुमिका निर्वाह गर्नुभएका भुर्तेललाई सम्मान गरिएको अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष झलक केसीले जानकारी दिनुभयो ।
भुर्तेलले आफ्नो जन्मदिनमा दलित तथा विपन्न नागरिकलाई आफ्नै जग्गा निशुल्क प्रदान गरी सुरक्षित आवास निर्माण गरेर हस्तान्तरण गर्नुभएको थियो ।