आँखा पाक्ने रोगका कारण पोखराका विद्यालयहरू बुधबार देखि तीन दिन बन्द हुने

पोखरा ।

आँखा पाक्ने रोग देखिएपछि पोखराका विद्यालयहरु तीन  दिन बन्द हुने भएका छन् ।विद्यार्थीको संख्या कम हुन थालेपछि पोखरा महानगरभित्रका संस्थागत २ सय ४३ र सामुदायिक २ सय ३ विद्यालय बन्द गर्ने निर्णय भएको महानगरले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी, शिक्षक अभिभावक संघ, नगर कमिटीका अध्यक्ष र शिक्षकहरूको छलफलपछि विद्यालय बन्द गर्ने निर्णय भएको हो ।

पोखराका धेरैजसो विद्यालयमा विद्यार्थी संख्या कम हुँदै गएको छ । पोखराका केही विद्यालयका विद्यार्थीहरूमा यो समस्या देखिएपछि  बुधबारदेखि ३ दिन विद्यालय बन्द गर्ने निर्णय भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *