पर्वत ।
जिल्लाको मोदी गाउँ पालिकाकाे वडा नं ४, क्याङलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ ।जिल्ला समन्वय समितिका प्रमुख बिष्णुराम बि.क.काे प्रमुख आतिथ्यतामा सो वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो । उक्त घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख सोम बहादुर जि. सी, प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू, वडाध्यक्षहरु, कार्यपालिका सदस्य ,जिल्ला स्वास्थ्य कार्यलय, सामाजिक बिकास कार्यालय, शिक्षा बिकास तथा समन्वय इकाइका कार्यालय प्रमुखहरु, साझेदार संस्थाका प्रमुखहरु, कर्मचारी, शिक्षक, विद्यार्थी, आमा समुह, युवा क्लब लगायतको सहभागिता रहेको थियो ।
बि सं २०८७: सालभित्र सबै स्थानिय तहलाइ बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने लक्ष्यलाइ शिरोधार्य गर्दै मोदी गाउँपालिकाले चार वटा वडाहरुलाइ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिसकेको छ । कार्यक्रमका वक्ताहरुले बालबालिकाको सर्वाङ्गीण विकासको लागि सो घोषणा फलदायी हुने विश्वास व्यक्त गरे ।
बालबालिका भविष्यका कर्णधार मात्र नभइ वर्तमानका साझेदार पनि भएकोले गाउँपालिकाले स्थानिय शासन , बिकास र सेवा प्रवाहमा बालबालिकाको पहुँच, प्रतिनिधित्व र सहभागिताका लागी सहज वातावरण निर्माणमा जोड दिने उद्देश्यका साथ कार्यक्रम अगाडि बढाइएको गाउँ पालिकाले जानकारी दिएको छ ।