पर्वत ।
यस वर्षको गणतन्त्र दिवसको अवसरमा पर्वतमा बिद्यार्थीहरुबीच कबड्डी प्रतियोगिताको आयोजना गरिने भएको छ । जिल्ला खेलकुद विकास समिति पर्वतकाे आयोजनामा आगामी जेठ १५ र १६ गते जिल्ला स्तरीय छात्र र छात्रा कबड़ी प्रतियोगिता सञ्चालन गर्न लागेको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय पर्वतले जानकारी दिएको छ ।
समन्वय इकाईले सहभागीहरु छनौट गरी जिल्ला खेलकुद विकास समिति पर्वतमा सहभागीहरुको विवरण उपलब्ध गराउन जिल्लाका सबै विद्यालयहरुलाई अनुरोध गरेको छ ।
खेलमा सहभागी हुनको लागि जेठ १३ गते भित्रमा सभागिताको विवरण सहितको सफ्ट कपि पठाइएको हुनुपर्ने छ ।
