निमावि तह अध्यापन अनुमति पत्रको परीक्षाको नतिजा प्रकाशित, १ लाख ५१ हजारमा १३ हजार उत्तीर्ण

काठमाडौँ ।

शिक्षक सेवा आयोगले निमावि तह लाइसेन्स परीक्षाको नतिजा प्रकाशित गरेको छ । कात्तिक १८ गते लिइएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।सार्वजनिक गरिएको नतिजा आयोगको वेबसाइटसँगै एसएमएसबाट समेत हेर्न सकिने आयोगले जनाएको छ ।

निमावि तह लाइसेन्सका लागि देशभरबाट १ लाख ५१ हजार १२ परीक्षार्थीले परीक्षा दिएका थिए । जसमा १३ हजार ७ जनाले परीक्षा उत्तीर्ण गरेका छन् ।

कोशी प्रदेशबाट २४ हजार ३९ परीक्षा सहभागी भएका थिए । जसमा २ हजार १३० जना उत्तीर्ण भएका छन् ।

मधेस प्रदेशबाट २२ हजार ८५५ परीक्षार्थीले परीक्षा दिएका थिए । जसमा १ हजार ६१४ जना उत्तीर्ण भएका छन् ।

बागमती प्रदेशबाट १७ हजार ६५१ जनाले परीक्षा दिएका थिए । जसमा २ हजार २ जना पास भएका छन् ।

गण्डकी प्रदेशमा ११ हजार ८९७ जनाले परीक्षा दिएकोमा १ हजार १५२ जना उत्तीर्ण भएका छन् ।

लुम्बिनी प्रदेशमा २९ हजार २३० जनाले परीक्षा दिएका थिए । जसमा २ हजार ८६३ जना उत्तीर्ण भएका छन् ।

कर्णाली प्रदेशबाट २४ हजार १५४ जनाले परीक्षा दिएका थिए । जसमा १ हजार ५७४ जना उत्तीर्ण भएका छन् ।

सुदूरपश्चिम प्रदेशमा २१ हजार १८६ जनाले परीक्षा दिएका थिए । जसमा १ हजार ६७२ जना उत्तीर्ण भएका थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *