काठमाण्डौ।
अख्तियार अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी जोख्ने तयारी गरेको छ ।
जलहरीको वास्तविक तौल पत्ता लगाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पशुपतिनाथ मन्दिर परिसर पुगेको हो ।
पशुपतिनाथ मन्दिरमा पहिले चाँदीको जलहरी थियो । चाँदीको जलहरी पुरानो भएपछि करिब तीन वर्षअघि केपी ओली नेतृत्वको तत्कालीन सरकारले जाँदीको स्थानमा सुनको जलहरी राख्ने निर्णय गरेको थियो ।
जलहरी राख्न एक सय तीन किलो सुन खरिद गरिएको भनिए पनि ९३ किलोको मात्र जलहरी बनाइएको र १० किलोको रिङ बनाएको भनिए पनि त्यसको प्रमाण नभेटिएको भन्दै महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको थियो । साथै अख्तियारमा समेत उजुरी परेको थियो ।