पालिका स्तरीय हाजिरीजवाफ प्रतियोगितामा जनआदर्श बोर्डिङ प्रथम

मोदी गाँउपालिकाले ५६औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आधारभूत तह (कक्षा १–५) स्तरीय हाजिरीजवाफ प्रतियोगिता तथा एसईईमा उच्च जीपिए ल्याउने विद्यालय र विद्यार्थीलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रम बिहीबार मोदी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको मुख्य आयोजनामा मोदी गाउँ सभाहलमा सम्पन्न भएको छ ।

कार्यक्रममा हाजिरीजवाफ प्रतियोगिता तर्फ प्रथम जनआदर्श बोर्डिङ स्कुल मोदी ,२ पातिचौर, दित्तीय सृजना बोर्डिङ स्कुल मोदी, ५ बाजुङ्ग र तृतीय डिमुवा प्रा.वि मोदी ,६ डिमुवा  भएका छन् । यस अघि मोदी गाउपालिकाका आठ वडामा आधारभूत तह स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरी वडामा प्रथम हुने विद्यालयलाई पुनं.पालिका स्तरीय हाजिरीजवाफ प्रतियोगितामा सहभागी गराईएको थियो । जसमा जनआदर्श बोर्डिङ स्कुल मोदी ,२ पातिचौर प्रथम भएको हो ।

यसैबीच सोही अवसरमा एसईईमा उच्च जीपिए ल्याउने सामुदायिक विद्यालय तर्फ नवजागृत माध्यमिक विद्यालय मोदी ६ तिलाहार र सस्थागत तर्फ देउपुर नमुना अंग्र्रेजी आवसीय मा.विलाई सम्मान गरिएको थियो । एसईईमा उच्च जीपिए ल्याउने विद्यार्थी तर्फ नवजागृत माध्यमिक विद्यालयका छात्र आयुष लामिछाने र नमुना अंग्र्रेजी आवसीय माविका छात्रा सोफिया जैसीलाई पुरस्कृत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *