प्रभावकारी आविमा चार कोठे विद्यालय भवन निर्माण हुने

पर्वत ।

जिल्लाको मोदी गाउँ पालिकाको वडा नं २ देउपुर मा रहेको प्रभाबकारी आधारभुत विद्यालयमा नयाँ पक्की भवन बन्ने भएको छ।

२०७२ सालको महाभुकम्पमा क्षति भएको बिद्यालय पुन निर्माण हुन सकेको थिएन ।

जीर्ण अवस्थामा रहेको विद्यालय भवन स्थानान्तरण गरी नयाँ भवन निर्माण गरिने विद्यालयका प्रधानाध्यापक झलक शर्माले जानकारी दिनु भयो ।

ग्रीन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा ४ कोठे भवन निर्माण हुने ग्रीन नेपालका अध्यक्ष हिरा कार्कीले बताउनुभयो।

उक्त विद्यालय भवन निर्माण गर्न करिब ४५ लाख रकम खर्च हुने अनुमान गरिएको छ भने निर्माण कार्य ३ महिनामा सम्पन्न हुने बताइएको छ।

विद्यालय भवन निर्माणका आबश्यक पर्ने जग्गा स्वर्गिय झलक शर्माको स्मृतिमा उहाँका छोराहरू राम प्रसाद शर्मा र थम्मन शर्माले निशुल्क उपलब्ध गराउनु भएको विद्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *